अल्टिमाको दशैं अफर : १० करोडको अफर, तीन करोडको उपहार

अल्टिमाको दशैं अफर : १० करोडको अफर, तीन करोडको उपहार

काठमाडौं : एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरूलाई १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने भएको छ। 

यही असोज ९ देखि असोज २२ सम्म चल्ने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै 'डिल अफ द डे, बाई १ गेट १, र १ रुपैयाँ गेम' समावेश छन्। 

यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुने बताइएको छ। 

अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई वहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ।

यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ। अल्टिमा वेभबार१२० र अल्टिमा वेभबार२०० शक्तिशाली स्पिकरहरू १२०डब्लू र २००डब्लूको दुई भेरियन्टहरूमा उपलब्ध छन्।

अल्टिमा वेभबार: कम्पनीले होम थियटर अनुभवको लागि दुई प्रकारका साउन्डबार (वेभबार १२० र वेभबार २००) सार्वजनिक गर्दैछ । यी साउन्डबारहरू क्रमशः १२० वाट र २०० वाटका छन्, जसमा बास बुस्टर, ब्लुटुथ कनेक्टिभिटी, आरएमएस सपोर्टजस्ता विशेषता समावेश छन्।

अल्टिमा वाच एक्टिभ: यो बलियो डिजाइन र आईपी प्रमाणीकरण सहितको घडी हो, जुन साहसिक गतिविधिहरूको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ। यसमा एएमओएलईडी डिस्प्ले, सात दिनको ब्याट्री लाइफ, एप सपोर्ट जस्ता सुविधा छन्।

अल्टिमा साउन्डबक्स: कम्पनीले दुई प्रकारका नयाँ स्पिकर (साउन्डबक्स एस२० र एस५०) पनि ल्याएको छ। यी २० वाट र ५० वाटका स्पिकरहरू हुन्, जसले उच्च गुणस्तरको साउन्ड प्रदान गर्ने कम्पनीको भनाइ छ।

अल्टिमा बुस्ट: पावरबैंकको क्षेत्रमा कम्पनीले नयाँ संस्करण ल्याएको छ, जसमा म्यागसेफ वायरलेस चार्जिङ, २२.५ वाटको पावर आउटपुट र १०,००० एमएएच क्षमताको ब्याट्री सहित मिनी, प्रो र अल्ट्रा संस्करणहरू उपलब्ध छन् । प्रो संस्करणमा २०,००० एमएएच र ३०,००० एमएएच  ब्याट्री क्षमता छ, अल्ट्रा संस्करणमा ६५ वाट चार्जिङ सपोर्ट र २०,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ।

अल्टिमा प्राइम १.०: अल्टिमाले २७ सेप्टेम्बरमा आफ्नो नयाँ उत्पादन प्राइम १.० पनि सार्वजनिक गर्ने योजना बनाएको छ, जसका थप विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

अल्टिमाले मेलामा ल्याएको अफर :

१ रुपैयाँको चमत्कार: केही भाग्यमानी ग्राहकले १ रुपैयाँमा अल्टिमाका उत्पादनहरू किन्न पाउनेछन्।

बाई वन गेट वन: अल्टिमा एटम १९२ किन्ने ग्राहकले अर्को एक इयरबड्स निःशुल्क पाउनेछन्।

दैनिक पैसा असुल डिल: प्रत्येक दिन एउटा उत्पादनमा विशेष छुटको अफर।

मालामाल कम्बो: नयाँ उत्पादनहरूसहित विशेष छुटका कम्बो अफरहरू।

गिफ्ट र बम्पर उपहार: मेलाको दौरान दैनिक एउटा वेभबार र मेलाको अन्त्यमा एक भाग्यमानी ग्राहकले एक ट्रकभरि उपहार जित्नेछन्, जसमा वेभबार, टिभी, फ्रिज र अन्य थुप्रै उपकरण समावेश हुनेछन्।  

असोज ६, २०८१ सोमबार २०:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।