काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट रितिकाले जितिन्

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट रितिकाले जितिन्

काठमाडौं : काठमाडौं स्पाइकर्सले ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न गरेको छ। इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ। 

ट्यालेन्ट हन्ट इभेन्ट नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव गणेश सिंह ठगुन्ना, संघका सदस्य अन्जु श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा २६ का वडा अध्यक्ष ख्याम राज तिवारी र मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको सक्रिय नेतृत्वमा इभेन्ट सम्पन्न भएको हो। 

इभेन्टमा काठमाडौंका महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। 

ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र बिजेताको रूपमा छनोट भएकी  छिन्। उनी अब काठमाडौं स्पाइकर्स टोलीमा समावेश हुँदै वात्सल्य एभिएल महिला भलिबल लिगमा टिमको प्रतिनिधित्व गर्ने छिन्। 

काठमाडौं स्पाइकर्सका प्रतिनिधिहरूले ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरे। 

स्पाइकर्सकी सीओ सुदिक्षा अधिकारीले भनिन्, 'आजको ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तीकरणतर्फ महत्वपूर्ण कदम चालेको छ। स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धन नै भविष्यको बलियो आधार हो भन्ने हाम्रो विश्वास रहेको छ।'

असोज ६, २०८१ सोमबार २०:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।