सन्तोष परियारले प्रचण्डलाई भने 'दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस्'

सन्तोष परियारले प्रचण्डलाई भने 'दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस्'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रचण्डको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आएको भन्दै फेरि एकपटक नेतृत्व गर्दिनका लागि आग्रह गरेका छन्। 
 
सोमबार काठमाडौंमा आयोजित संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई फेरि दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउन नेतृत्व गर्न आग्रह गरे। 

उनले भने, ‘म युद्धविरोधी मानिस हुँ तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो। फेरि एकपटक नेतृत्व गर्दिनु होस् म अनुरोध गर्न चाहन्छु। तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस्।'

उनले संविधान संशोधन गरेका देशहरू नै धेरै समय टिक्ने कारण संशोधनबाट डराउनु नपर्ने भन्दै बरु समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए।

सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको उनको भनाई छ। 

उनले समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता ल्याइदिएको भनेर कांग्रेस-एमालेले सफेद झूट बोलेको जिकिर गरे।

असोज ६, २०८१ सोमबार १९:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।