असोजमा  शैक्षिक मेला हुँदै, १५ हजार बढी सहभागी हुने अपेक्षा

असोजमा  शैक्षिक मेला हुँदै, १५ हजार बढी सहभागी हुने अपेक्षा

काठमाडौँ  :  नेपाल शैक्षिक परामर्श संघले बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ। सङ्घले १५ औँ संस्करणको मेला असोज १३ मा एभरेस्ट होटेलमा आयोजना गर्न लागेको हो।

शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

मेलामा करिब १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ। मेलामा सहभागी हुन विभिन्न देशका दूतावास तथा कूटनीतिक नियोगहरूलाई आग्रह गरिएको आयोजकले जनाएको छ।

मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था तथा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजील्याण्ड, अस्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता हुने आयोजकले जानकारी दिएका छन्।

मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउने र उनीहरूलाई आफ्नो शिक्षा करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने सङ्घले जानकारी दिएको छ।

असोज ६, २०८१ सोमबार १९:०३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।