दुई वर्षअघि देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षे किन आए काठमाडौं?

दुई वर्षअघि देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षे किन आए काठमाडौं?

काठमाडौं : श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौं आएका छन्। यसअघि भुटानको भ्रमणमा रहेका उनी साेमबार बिहान काठमाडौं ओर्लिएका हुन्। 

काठमाडौंस्थित श्रीलकंन दूतावासका अनुसार पूर्वराष्ट्रपति राजपाक्षे भुटानबाट ड्रुक एयरको जहाज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। अहिले उनी ललितपुरको भिभान्ता होटलमा बसेका छन्। 

पत्नीसहित आएका उनी लुम्बिनी भ्रमणका लागि नेपाल आएको बताइएको छ। भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ।

राजपाक्षे सहभागी हुने कार्यक्रमहरूमा सुरक्षा व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए। 

दुई वर्षअघि श्रीलंकामा हिंसात्मक प्रदर्शनपछि तत्कालीन राष्ट्रपति राजापाक्षेले देश छोडेर भागेका थिए। त्यसबेला उनी कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ-३२ मार्फत श्रीमतीसहित देश छाडेर भागेका थिए। 

७३ वर्षीय राजापाक्षे केही समयपछि पुनः श्रीलंका फर्केका थिए।

श्रीलंकामा आजै नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्। 

असोज ६, २०८१ सोमबार १८:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।