माल्दिभ्समा काभा महिला भलिबलको उपाधि जितेर फर्किएको पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत

माल्दिभ्समा काभा महिला भलिबलको उपाधि जितेर फर्किएको पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं : काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ। माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किए।

विजेता टोलीलाई प्रहरीका अधिकृतहरूले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले भव्य स्वागत गरेका थिए। 

नेपालको पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जितेको थियो। लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो। 

पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिईन्। 

असोज ६, २०८१ सोमबार १५:३३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।