भारतबाट ८ हजार मेट्रिक टन भित्रिएपछि यसपालिको दशैं तिहारमा चिनीको अभाव नहुने

भारतबाट ८ हजार मेट्रिक टन भित्रिएपछि यसपालिको दशैं तिहारमा चिनीको अभाव नहुने

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसपालिको दशैं तिहारमा चिनीको समस्या नहुने जनाएको छ।

विभागले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन थालिसकेकाले अभाव टर्ने दावी गरेको छ।
 
भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरी चिनी आयात भइसकेको र बजार पठाउन सुरु गरिएको विभागले जनाएको छ।

भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति गरेको थियो। 

चिनी प्रतिकेजी १०७ रुपैयाँ ५० पैसा तोकिएको छ। 

२०८० कात्तिकमा नै भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति भएको थियो। जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो।

असोज ६, २०८१ सोमबार १४:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।