उच्च रक्तचाप देखिएपछि अस्पताल भर्ना भए दुर्गा प्रसाईं

उच्च रक्तचाप देखिएपछि अस्पताल भर्ना भए दुर्गा प्रसाईं

काठमाडौं : सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पताल भर्ना गरिएको छ। 

आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका उनलाई आइतबारै राति अस्पताल भर्ना गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ। 

उच्च रक्तचाप सम्बन्धी समस्या देखिएपछि प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको हो। 

ब्यूरोका डीआईजी नविन्द अर्यालका अनुसार वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरूले प्रसाईंलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने सुझाएका छन्। 

आइतबार प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ कमेरोटारस्थित उनको घरको गेट नखुलेपछि प्रहरीले कमाउण्ड नाघेर गएर पक्राउ गरेको थियो।

त्यसपछि सोही दिन उनलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 

असोज ६, २०८१ सोमबार १४:३६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।