रास्वपाका कार्यकर्तालाई मुकुल ढकालको आग्रह : सहकारी ठगलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिनुहोस्

रास्वपाका कार्यकर्तालाई मुकुल ढकालको आग्रह : सहकारी ठगलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिनुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन रास्वपाका कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्।

आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई समेत अनुरोध गरेका छन्।

‘तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो। हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्’, उनले लेखेका छन्।

लामिछानेमाथि सहकारीको अरबौं रकम अपचलन गरेको आरोप छ। सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ।

असोज ६, २०८१ सोमबार १३:५७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।