अन्तर बैंक फुटसलको विजेता बन्यो ग्लोबल आइएमई बैंक

अन्तर बैंक फुटसलको विजेता बन्यो ग्लोबल आइएमई बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ।

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए।

उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरू सहभागी रहेका थिए।

अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ।

उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिला तर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो। ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए। साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैैंकका चन्द्रिका भट्टले हात पारेकी छिन।

साथै, आफ्नो सबै खेलहरूमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारेकी छन्। 

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ।

अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो। यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिला तर्फको बिजेता उपाधि लगातार दोस्रो पटक हो।

असोज ६, २०८१ सोमबार १२:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।