कांग्रेस सांसद सुनिल शर्माद्वारा दुर्गा प्रसाईंको पक्राउको भर्त्सना, भने- ‘चरम राज्यआतंक भो’

कांग्रेस सांसद सुनिल शर्माद्वारा दुर्गा प्रसाईंको पक्राउको भर्त्सना, भने- ‘चरम राज्यआतंक भो’

काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफ्ना साझेदार एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको भर्त्सना गरेका छन्।

आइतबार एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले बोलेकै आधारमा प्रसाईंलाई पक्राउ गरिनु चरम राज्यआतंक भएको बताए।

उनले भने, ‘बोलेकै आधारमा पक्राउ गरिनु चरम राज्यआतंक हो। यसको घोर भर्त्सना गर्नुपर्छ। यसले सरकार नेपाली जनताको पक्षमा नभएको र दमनमा उत्रिएको देखिन्छ।’

जनताको आवाजलाई बुलन्द गर्ने अभियन्ताहरूलाई जेलका कालो छिठीमा राखेर बन्द गराउन खोजिएकोमा उनले विरोध जनाए।

त्यसका अलावा उनले दुर्गा प्रसाईंको भाषा, शब्द र शैलीमा केही त्रुटी भएकाले त्यसलाई सुधार्न सुझाव दिए।

उनले थपे, ‘तर, त्यत्तिकै भरमा दुर्गा प्रसाईंजस्ता अभियन्ताहरुलाई कस्टडीमा हाल्नु घोर राज्य आतंक हो र नेपालभर सबै नेपाली जनताले डटेर विरोधमा उत्रनुपर्छ।’

असोज ६, २०८१ सोमबार १२:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।