श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराको शपथ ग्रहण

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराको शपथ ग्रहण

एजेन्सी : श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि नेशनल पिपल्स पार्टी (एनपीपी) अनुरा दिसानायकेले शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण समारोह कोलम्बोको राष्ट्रपति सचिवालयमा भएको थियो। पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नपाएकोले दोस्रो चरणको निर्वाचन भएको थियो।

दोस्रो चरणको निर्वाचनमा ५५.८९ प्रतिशत मत पाएपछि दिसानायके राष्ट्रपति निर्वाचित भएका हुन्। उनका निकटतम समगी जन बालवेगया (एसजेबी)का सजित प्रेमदासाले ४४ प्रतिशत मत हात पारे।

सन् २०२२ को आर्थिक संकटका कारण परिवर्तनको आशामा रहेका युवा मतदाताको सहयोगमा अनुरा राष्ट्रपति बन्न सफल भएका हुन्।

अनुराले श्रीलंकाका ६ पटक प्रधानमन्त्री भइसकेका वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेलाई पराजित गरेका हुन्।

यति मात्र नभएर श्रीलंकामा वर्षौंदेखि सत्तामा रहेको राजापाक्षे परिवार समेत सत्ताबाट हटेका छन्।

असोज ६, २०८१ सोमबार १२:०७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।