धनुषा प्रहरीको हिरासतबाट भेन्टिलेसन तोडेर नौ जना थुनुवा फरार, एक पक्राउ

धनुषा प्रहरीको हिरासतबाट भेन्टिलेसन तोडेर नौ जना थुनुवा फरार, एक पक्राउ

धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट नौ जना थुनुवा फरार भएका छन्।

प्रहरी हिरासतबाट मंगलबार बिहान भेन्टिलेसन तोडेर नौ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो।

फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका-७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका-१३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, धनुषाकै औरही गाउँपालिका-२ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका-१ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका-२ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका-४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ। प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ। अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरी प्रवक्ता अवाले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रञ्जन अवाका अनुसार थुनुवाहरूले सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन काटेर उनीहरू भागेको हुन्।

असोज ६, २०८१ सोमबार १०:२२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।