विरोध हुने सुइँको पाएपछि प्रधानमन्त्री ओली जाने भनेको कार्यक्रम स्थगित

काठमाडौं : विरोध हुने सुइँको पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा आफ्ना कार्यक्रम स्थगित गर्न लगाएका छन्।
अमेरिकामा प्रधानमन्त्री ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको हो। नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखेर आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनुपरेको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन्।
असोज ७, २०८१ सोमबार १०:०४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।