भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने परराष्ट्रमन्त्री राणको दाबी

भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने परराष्ट्रमन्त्री राणको दाबी

न्युयोर्क : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने दाबी गरेकी छन्।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री राणले यस्तो दाबी गरेकी हुन्।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री डा. राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन्।

प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए।

दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए।

असोज ६, २०८१ सोमबार ०८:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।