प्रधानमन्त्री ओली र भुटानी सकमक्षी तोग्बेबीच भेटवार्ता

न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओली र भुटानी समकक्षी दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आइतबार साँझ तोग्बेसँग भेटवार्ता गरेका हुन्।
उनीहरूबीच राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो।
भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाललगायत सहभागी थिए।
असोज ७, २०८१ सोमबार ०७:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।