दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ।

प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ।

यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल (पिडिएफ)का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूलाई निगरानीमा मात्र  राखेको दाबी गरेको छ।

असोज ६, २०८१ सोमबार ०७:५३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।