मध्यराति झापामा तीन वटा भारतीय ट्रकमा आगजनी, चालक घाइते

मध्यराति झापामा तीन वटा भारतीय ट्रकमा आगजनी, चालक घाइते

झापा : झापामा विभिन्न स्थानमा अज्ञात समूहले गए राति तीन वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेको छ।

समूहले गए राति ११ बजे बिरिङ पुल नजिकै युपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेको थियो।

चार/पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकल आगो निभाएको प्रहरीले जनाएको छ।

यसैगरि, आज बिहान तीन बजेतिर बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक डब्लूबी-७३ ई-३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ।

छ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन्। उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाइ छ। नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी-७३ ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ।

असोज ६, २०८१ सोमबार ०७:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।