ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता, मोदीले भने- ‘सम्बन्धमा अझ बढी गति थप्न तत्पर छौँ’

ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता, मोदीले भने- ‘सम्बन्धमा अझ बढी गति थप्न तत्पर छौँ’

न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज न्युयोर्कमा भेटवार्ता भएको हो।

भेटमा आपसी चासो र द्विपक्षीय हितकाका विभिन्न विषयहरू ऊर्जा प्रवर्द्धन, सूचना प्रविधि र व्यापारका विषयमा छलफल भएको भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिए।

उनले नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न आफू तत्पर रहेको बताएका छन्।

उनले एक्समा लेखेका छन्, ‘न्यूयोर्कमा प्रधानमन्त्री केपी ओलीसँग धेरै राम्रो छलफल भयो। भारत–नेपालमैत्री सम्बन्ध धेरै बलियो छ र हामी हाम्रो यस सम्बन्धमा अझ बढी गति थप्न तत्पर छौँ। हाम्रो वार्तामा ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयहरूमा केन्द्रित थियो।’

असोज ६, २०८१ सोमबार ०७:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।