श्रीलङ्काको राष्ट्रपतीमा अनुरा कुमारा

श्रीलङ्काको राष्ट्रपतीमा अनुरा कुमारा

काठमाडौँ : दोस्रो पटकको मतगणनाबाट श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्।

निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ। पहिलो चरणको मतगणनामा राष्ट्रपतीमा निर्वाचित हुन आवश्यक मत नपाएपछि दोस्रो पटक मतगणना गरिएको थियो।

दोस्रो चरणको मत गणनामा अनुरा कुमारा दिसानायके र सजीथ प्रेमदासा बाहेक अन्य उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिएका थिए।  आयोगले  मतदाताहरूलाई पहिलोसँगै दोस्रो र तेस्रो मनपर्ने उम्मेदवारहरूलाई समेत मत दिन पाउने प्रबन्ध गरेको थियो। 

मतदाताले मत दिने क्रममा पहिलो वरियताको उम्मेदवारको पक्षसँगै उनको विकल्पमा दोस्रो र तेस्रो वरियताका उम्मेदवारको समेत चयन गरेका थिए। निर्वाचित हुन आवश्यक ५० प्रतिशत मत कसैले नपाएपछि सोही वरियता अनुसार दोस्रो चरणमा भएको गणनामा अनुरा चयन भए।

 

असोज ५, २०८१ आइतबार २०:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।