अन्तरबैंक फुटसल २०८१ को उपाधि ग्लोबल बैङ्कलाई

अन्तरबैंक फुटसल २०८१ को उपाधि ग्लोबल बैङ्कलाई

काठमाडौँ : नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ।

संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैङ्क तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए।

प्रतियोगितामा बैङ्क तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरू सहभागी थिए। अन्तर बैङ्क फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आइएमई बैङ्क विजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ।

प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैङ्क र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एसिया बैङ्कलाई हराएको थियो।

पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैङ्कका शशाङ्क निरौलाले पाए। महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैङ्कका चन्द्रिका भट्टले पाइन्।

ग्लोबल आइएमई बैङ्कको महिला टोलीको गोल रक्षक केशमाया गुरुङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि पाइन्।

असोज ५, २०८१ आइतबार १९:४४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।