गगनको दाबी 'समावेशिता, समानुपातिक प्रतिनिधित्व घट्दैन'

गगनको दाबी 'समावेशिता, समानुपातिक प्रतिनिधित्व घट्दैन'

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनबाट स्थापित समावेशिता, समानुपातिक प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व नघट्ने बताए।

संविधान संशोधनको बहससँगै दलहरूले कतै समानुपातिक प्रतिनिधित्वको व्यवस्था हटाउने पो हो कि भन्ने आशङ्का बढिरहेको बेलामा उनले भने ‘हामीले आन्दोलनबाट स्थापित गरेको समावेशिता समानुपातिक प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व बढ्छ तर घट्दैन।’

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले कांग्रेस संसद्मा मात्र ठुलो नभएर देशको समस्याको हल गरेर ठुलो जिम्मेवारी लिनुपर्ने समेत बताए।

उनले नेपालको  सबैभन्दा ठुलो दल हुने  सुविधा त्यसै नपाउने भन्दै ठुलो दल भनेको संसद्मा मात्र ठुलो नभएर देशको समस्याको हल गर्ने ठुलो  जिम्मेवारी समेत लिनुपर्ने बताए।

कार्यक्रमहरूमा जाँदा सहजै अब समानुपातिक हटाउँछौँ अनि राष्ट्रिय सभालाई समानुपातिक बनाउँछौँ भनेर भन्ने गरेकोमा आलोचना गर्दै उनले भने' अहिलेको कानुनले त्यसो गर्न दिन्छ? हामीले ल्याएको अधिकार त्यसरी हट्छ?, कांग्रेसका साथीहरूले प्रस्ट भन्न सक्नुपर्छ बरु बढ्छ समानुपातिक हट्दैन।'

उनले संविधान संशोधनको बहस निर्वाचन प्रणालीबारे छलफल भइरहेको विषय समानुपातिक प्रतिनिधित्व नघट्ने गरी बहुमत ल्याउन सक्ने व्यवस्था गर्न सकिन्छ कि भन्ने रहेको दाबी गरे। उनले संविधान संशोधनको विषय हचुवाको भरमा नगरी जिम्मेवारीसहित छलफल अगाडि बढाइरहेको बताए।

उनले सङ्घीयता, गणतन्त्र, समावेशीलाई थप बलियो बनाउने गरी छलफल गर्नुपर्ने बताए। उनले दलले उम्मेदवार छान्ने विषयमा पनि बहस गर्नुपर्ने बताएका थिए।

निर्वाचनमा ४२ प्रतिशत खर्च आफ्नै पार्टीमै रहेकाहरका लागि गर्नु पर्ने भन्दै उनले भने' टिकट दिन धाउँदा सुन्धारामा हुने खर्चदेखि टिकट पाएर जिल्ला फर्किए लगत्तै मोटरसाइकलमा तेल हाल्नेसम्म खर्च गर्नुपर्ने भन्दै उनले पार्टीको खर्च राज्यले दिनुपर्ने र निर्वाचनको खर्च कसरी घटाउनेबारे छलफल गर्नुपर्ने उनले बताए।

असोज ५, २०८१ आइतबार १९:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।