फिल्म ‘एक्टरस् टेक वन’ टोली प्रचारमा पोस्टरकै भरमा, नयाँ पोस्टरमा दुई अभिनेत्री

फिल्म ‘एक्टरस् टेक वन’ टोली प्रचारमा पोस्टरकै भरमा, नयाँ पोस्टरमा दुई अभिनेत्री

काठमाडौँ : कार्तिक १५ मा रिलिज गर्ने तयारीमा रहेको फिल्म ‘एक्टरस् टेक वन’ को टिम पोस्टर सार्वजनिक गर्नमै व्यस्त छन्।

प्रारम्भमै सार्वजनिक गरेको पोस्टरले प्रचारमा नसघाएपछि प्रदीप खड्काको एकल  दोस्रो पोस्टर सार्वजनिक गरेको निर्माण टिमले आइतबार भने खड्कासँगै अभिनेत्री आना शर्मा, र दिव्या रायमाझी समेत रहेको नयाँ पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरको थिमले फिल्म ट्रयाङगुलर लभ स्टोरीमा आधारित रहेको देखाउँछ। आइतबार सार्वजनिक पोस्टरमध्ये पहिलोमा खड्कालाई आना र दिव्याले कान समातिरहेका छन्। अन्य दुई पोस्टरमा आना र दिव्याको प्रेमभाव देखिन्छ।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदीप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको समेत अभिनय रहेको छ।

असोज ५, २०८१ आइतबार १९:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।