रवि पक्राउको तयारीपछि रास्वपाले कार्यालयमा बोलायो पार्टी कार्यकर्तालाई

रवि पक्राउको तयारीपछि रास्वपाले कार्यालयमा बोलायो पार्टी कार्यकर्तालाई

काठमाडौँ : सहकारी ठगीको आरोपमा प्रहरीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा बोलाएको छ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहकाे इजलासबाट आइतबार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

गोर्खा मिडियाबाट विभिन्न सहकारीको बचत रकम दुरुपयोग गरेको आरोपमा गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी पक्राउ परिसकेका छन्। शुर्यदर्शन सहकारीको बचत अपचलनमा छानबिनमा रहेका रविलाई समेत पक्राउको तयारी भएपछि पार्टीले कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालयमा बोलाएको हो।

लामिछाने पार्टीको केन्द्रीय कार्यालयमै छन्। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशकको हैसियतमा सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो।

असोज ५, २०८१ आइतबार १९:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।