प्रसाईँले घरको गेट नखोलेपछि पर्खाल नाघेर प्रहरीले गर्‍यो पक्राउ

प्रसाईँले घरको गेट नखोलेपछि पर्खाल नाघेर प्रहरीले गर्‍यो पक्राउ

काठमाडौँ : सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। उनी आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका हुन्।

अदालतबाट अनुमति आएको आधारमा प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो। प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रसाईँ भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरमा रहेको सूचनाको आधारमा पक्राउ गर्न प्रहरी टोली गएपछि उनी घरको गेट नै नखोली भित्रै बसेका थिए। गेट नखुलेपछि प्रहरीले उनको घरको कमाउण्ड नाघेर गएर पक्राउ गरेको थियो।

पक्राउ परेपछि उनले प्रहरीलाई भ्रष्टाचारीलाई जस्तो नगर्नु न भन्दै भने' एक थोपा रगत भएसम्म केपी ओलीसँग लड्छु।'

असोज ५, २०८१ आइतबार १८:५४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।