करेन्टकाे पासाेमा परेर जङ्गली हात्तीको मृत्यु

करेन्टकाे पासाेमा परेर जङ्गली हात्तीको मृत्यु

काठमाडौं : बारामा करेन्टकाे पासाेमा परेर जङ्गली हात्तीको मृत्यु भएको छ।

सामुदायिक सामुदायिक वनमा थापेको करेन्टकाे पासाेमा परेर जङ्गली हात्तीको मृत्यु भएको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

बाराको कोल्भी नगरपालिका वडा नम्बर २ स्थित भलुवाही गाउँ नजिक रहेको तामागढी सामुदायिक वन क्षेत्रमा थापेको करेन्टमा हात्ती परेको थियो।

सामुदायिक वन क्षेत्रमा करेन्ट कसले थपेको पत्ता नलागेको खड्काले बताए। 

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।  

असोज ५, २०८१ आइतबार १२:२४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।