आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङको साझेदारी

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङको साझेदारी

काठमाडौं : आइएमई मोटर्सले रिलायन्स फाइनान्सबिच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ। ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्।  

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबिच हस्ताक्षर भएको हो।

यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक-केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन्। यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिङको सुविधा उपलब्ध हुने बताइएको छ। 

सम्झौता अन्तर्गत ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको कुल मूल्यको ७० प्रतिशत सम्मको फाइनान्सिङ प्राप्त गर्न सक्ने, दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासंगै सुलभ बनाइने जस्ता बुँदा छन्। 

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिङ सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताए।  

त्यस्तै, रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताए। 

असोज ५, २०८१ आइतबार १२:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।