'नेपाल पे क्युआर'को शुभ लाभ अफरमा इलेक्ट्रिक सामग्रीहरू जित्ने मौका

'नेपाल पे क्युआर'को शुभ लाभ अफरमा इलेक्ट्रिक सामग्रीहरू जित्ने मौका

काठमाडौं : दशैं तथा तिहार नजिकिएसँगै नेपाल पे क्युआरमा शुभ लाभ अफर सार्वजनिक भएको छ। यो अफर असोज ५ देखि कात्तिक ३० सम्म लागू हुनेछ।

अफर अन्तर्गत नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूले स्योरशट क्यासब्याक पाउनुका साथै जति धेरै क्युआर कारोबार, त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरू जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ। 

 यस अफर अवधिभरि न्यूनतम् २०० रूपैयाँ वा सो भन्दा बढिको न्यूनतम् १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरूले २०० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् साथै लक्की ड्रका लागि पनि योग्य हुनेछन्। 

लक्की ड्रमा टिभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोनहरू रहेका छन्। 

ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ, वालेटहरू तथा कन्नेक्ट आइपीएस एपबाट सजिलै नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। 

कम्पनीका अनुसार यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू हुने छैन।   

असोज ५, २०८१ आइतबार ११:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।