१७ सयले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च मूल्यमा कारोबार

१७ सयले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो। 

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार सात सयले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ। 

असोज १ को तुलनामा आजको मूल्यअनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ। 

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले वृद्धि भएको छ। 

शुक्रबार प्रतितोला एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० निर्धारण भएको छ।  

असोज ५, २०८१ आइतबार ११:३७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।