ब्रिटिस कलेजका निर्देशक महेन्द्रराज कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’बाट सम्मानित

ब्रिटिस कलेजका निर्देशक महेन्द्रराज कँडेल ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’बाट सम्मानित

काठमाडौं : द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन्। 

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेशन लिडरशिप अवार्ड’ प्रदान गरिएको हो।

शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका निर्देशक कँडेलले विद्यार्थीहरूलाई विश्वव्यापी अवसरहरू प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कारण अवार्डबाट सम्मानित भए।

‘यस अवार्डबाट सम्मानित हुन पाउनु गौरवको विषय हो। यसलाई ब्रिटिस कलेजमा हामीले गरिरहेको उत्कृष्ट कामको प्रतिबिम्बको रुपमा लिएको छु,’ अवार्डबाट सम्मानित भएपछि निर्देशक कँडेलले भने। 

एशियन प्रोफेसनल अचिभमेन्ट अवाड्र्स सामाजिक र व्यवसायीक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई २०१९ देखि अवार्ड प्रदान गर्ने संस्था हो। 

चुनौतीपूर्ण समयमा पनि शिक्षा र आर्थिक विकासको क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई यस वर्ष पनि अवार्ड प्रदान गरिएको छ।

असोज ५, २०८१ आइतबार ०९:५३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।