दिल्लीको मुख्यमन्त्री आतिशी : चार वर्षअघि जब आतिशीले मन्त्री पद पाइनन्...

दिल्लीको मुख्यमन्त्री आतिशी : चार वर्षअघि जब आतिशीले मन्त्री पद पाइनन्...

एजेन्सी : सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै आम आदमी पार्टी (आप)की नेतृ ४३ वर्षीया आतिशी मार्लेना सिंह दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनिन्। उनले शनिबारै मुख्यमन्त्रीका रूपमा शपथ लिइसकेकी छन्।  

आम आदमी पार्टीकी एक प्रमुख नेतृ आतिशीले पूर्वशिक्षामन्त्री मनीष सिसोदियाको सल्लाहकारका रूपमारहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनु परेकोमा दुःखी भएको तर, आफूमाथि आप नेताले गरेको विश्वासबाट खुसी भएको शपथपछि आतिशीले बताइन्।

उनले भनिन्, 'सबैभन्दा पहिले म दिल्लीका लोकप्रिय मुख्यमन्त्री, आम आदमी पार्टीका राष्ट्रिय संयोजक र मेरा गुरु अरविन्द केजरीवाललाई धन्यवाद दिन चाहन्छु। उहाँले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो र यसका निम्ति मलाई विश्वास गर्नुभयो।'

सामान्य परिवारबाट आएकी आतिशीले हाल दिल्ली विधानसभामा कालकाजी निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छिन्। उनले दिल्ली सरकारका धेरै जिम्मेवारी हेरिसकेकी छन्। उनी सन् २०२३ मा दिल्ली सरकारको मन्त्रिपरिषद्‌मा सामेल भएकी थिइन्। 

उनले मनीष सिसोदिया शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रमा धेरै महत्त्वपूर्ण काम गरेकी थिइन्। सिसोदियाको अनुपस्थितिमा उनले शिक्षा विभाग पनि सम्हालेकी थिइन्।

उनले भनिन्, 'यो नेता केजरीवालको नेतृत्व र आम आदमी पार्टीमा मात्र गर्न सकिन्छ, पहिलोपटक राजनीतिज्ञ भएको व्यक्ति राज्यको मुख्यमन्त्री बन्छ। म सामान्य परिवारबाट आएको हुँ। यदि, म अन्य कुनै पार्टीमा भएको भए सायद मलाई चुनावको टिकट समेत दिइने थिएन।'

उनले नै आउँदो विधानसभा चुनावको तयारीका निम्ति आम आदमी पार्टीको नेतृत्व गर्ने छिन्।

आतिशी केजरीवालको विश्वासपात्र मानिन्छिन्।

जब आतिशीले मन्त्री पद पाइनन्...
सन् २०२० को विधानसभा निर्वाचनपछि केजरीवालको मन्त्रिपरिषद्‌मा आतिशीसहित कोही पनि महिलालाई स्थान दिइएन। त्यति बेला पार्टीका केही नेताले आतिशीलाई मन्त्री नबनाइएको भन्दै आलोचना गरेका थिए।

विधानसभाका ७० मध्ये त्यति बेला आम आदमी पार्टीले ६२ सिट जितेको थियो। तीमध्ये आठ महिला विधायक थिए। तर, केजरीवालले मन्त्रिपरिषद्‌मा महिलालाई स्थान दिएनन्।

समयसँगै दिल्लीको राजनीतिक अवस्था फेरियो । मनीष सिसोदिया, सञ्जय सिंह र त्यसपछि केजरीवाल आफैँ जेल गएपछि आतिशीले सरकारदेखि पार्टीसम्मका मुद्दा सम्हालिन् 

उनी सन् २०२३ मा पहिलोपटक केजरीवाल सरकारमा शिक्षामन्त्री बनेकी थिइन्। 

असोज ५, २०८१ आइतबार ०९:२९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।