काभा क्लब च्याम्पियनसिपमा उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी

काभा क्लब च्याम्पियनसिपमा उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी चुनिएकी छिन्।

च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन्।

माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो।

असोज ५, २०८१ आइतबार ०९:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।