विश्वप्रकाशको रास्वपा लक्षित टिप्पणी '...त्यसपछि २० सीट ल्याएर गृह मन्त्रालय खोज्नेको दिन सकिन्छ'

विश्वप्रकाशको रास्वपा लक्षित टिप्पणी '...त्यसपछि २० सीट ल्याएर गृह मन्त्रालय खोज्नेको दिन सकिन्छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा उनले बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने बताए। 

महामन्त्री शर्माले भने, 'राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थिर प्रधानमन्त्रीको खोजी जरूरी छ, आफूले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन।'

उनले २७५ सदस्यीय प्रतिनिधि सभालाई १८५ मा झार्नुपर्ने बताए। 

महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सीटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ। त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ। हामी दोस्रो भयौं भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौं।'

उनले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै थपे, '२० सीट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो। यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि।’ 

असोज ४, २०८१ शनिबार २०:१०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।