एमाले कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह 'छिटो-छिटो गरेर एमालेबाटै राष्ट्रपति बनाउनुस्'

एमाले कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह 'छिटो-छिटो गरेर एमालेबाटै राष्ट्रपति बनाउनुस्'

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका कार्यकर्ताहरूलाई २०८४ को निर्वाचनपछि एमालेबाटै राष्ट्रपति बनाउने गरी काम गर्न सुझाव दिएकी छन्।

२५ औँ मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले २०८४ पछि एमाले निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि कार्यकर्तालाई आग्रह गरिन्। 

उनले भनिन्, ‘म नेकपा एमालेको सदस्य भएर नेपालकी पहिलो महिला राष्ट्रपति भएँ। नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो। मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटो-छिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस्। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस्।’

पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरूरी रहेको बताइन्।

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको जिकिर गरिन्। 

पूर्वराष्ट्रपति भण्डारीले युवाहरू विदेश जानुपर्ने अवस्था दुःखदायी भएको बताइन्। 

मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय भावना, सामाजिक सद्भाव , एकता, सहिष्णुता अभिवृद्धि गरेर राष्ट्रिय एकतालाई मजबुत बनाएको उनको दाबी छ। 

असोज ४, २०८१ शनिबार १९:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।