'संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन'

'संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन'

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस-एमालेको संयुक्त सरकार गठन भएको बताएका छन्। 

लमजुङ-बेँसीसहर नगरपालिका-७ मा आज एमाले लमजुङको तेस्रो बैठकमा उनले सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएको दाबी गरे। 

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे। 

संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर, अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट पारे। 

'खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा  छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन, उनले भने। 

उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरू घटाउनुपर्ने बताए। 

असोज ४, २०८१ शनिबार १८:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।