ट्रान्जिटका फेसन र फेसहरू : ग्वान्जाओ विमानस्थलमा देखिएको रङ्गिन संसार

ट्रान्जिटका फेसन र फेसहरू : ग्वान्जाओ विमानस्थलमा देखिएको रङ्गिन संसार
चीनको ग्वान्जाओ विमानस्थलको ट्रान्जिटमा समय कटाउन मोवाइल चलाउँदै एक यात्रु। तस्बिर : केपी ढुंगाना

ग्वान्जाओ (चीन) :  यात्रा चीनको छिङहाई भए पनि बिचैमा ग्वान्जाओको ट्रान्जिट सात घण्टे विश्रामस्थल बन्यो जाँदा पनि, फर्कँदा पनि।

जाँदा ट्रान्जिटको संसारबारे त्यति जानकार थिइन। इन्टरनेट सुविधाको अभावमा यता उता हिँड्दा आफ्नो समूहसँग छुट्टिने जोखिम भएकाले ट्रान्जिटको संसार चियाउन पाइएन।

फर्कँदा पनि लगभग उत्तिकै घण्टाको ट्रान्जिट थियो ग्वान्जाओमा। विमानस्थलको ट्रान्जिट त्यस्तो थलो हो जहाँबाट विश्वकै व्यक्तिहरूको रहनसहन, स्वभाव, चल्तीका फेसन अनि सुन्दरताको अवलोकन गर्न सकिन्छ।

पसलमा छिरेर मूल्यमा मोलतोल गरिरहेकाहरू, कफीको स्वादमा व्यस्त रहेकाहरूदेखि मदिरापानमा मस्त रहेकाहरू सबै देखियो एकै थलोमा।

ट्रान्जिटको बसाइमा समय कटाउन मोबाइलमा घोत्लिरहेकाहरुदेखि स्मोकिङ जोनको खोजीमा भौतारिरहेकाहरुको दृश्य निकै रोचक देखिएको थियो।

कोही आफन्तबाट छुटिनुपर्दाको पीडामा हुन्छन् त कोही आफ्ना प्रियजनसँग हुन लागेको मिलनले रोमाञ्चित देखिन्छन्। कोही थकित, कोही उत्साहित। यस्तै यस्तै चरित्र एकै थलोमा भेट्न सकिने स्थान उही ट्रान्जिट नै रहेछ।

चीन चर्चा

 

असोज ४, २०८१ शनिबार १३:३२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।