पेजर र वाकी टकीज विस्फोटपछिको संकटबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक

पेजर र वाकी टकीज विस्फोटपछिको संकटबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक

एजेन्सी : लेबनानको हिजबुल्लाह लडाकुले प्रयोग गरिरहेको पेजर र वाकी टकीजको विष्फोटपछि मध्यपूर्वमा उत्पन्न संकटबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बसेको छ।

बैठकमा संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूले इजरायलमाथि युद्ध अपराधको मुद्दा लाग्नसक्ने बताएका छन्।

संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले भने, ‘इजरायलमा व्यापक आक्रमणको आरोप लागेको छ, जु युद्ध अपराध हुन सक्छ।’

उनले थपे, ‘इजरायली संयुक्त राष्ट्रका दूत ड्यानी ड्याननले बम विष्फोटको उल्लेख गरेनन्, तर आफ्नो देशले आफ्नो रक्षाको लागि जे आवश्यक हुन्छ त्यो गर्नेछ।’

संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले सञ्चार उपकरणमा विष्फोट गरेर लेबनानका जनतालाई लक्षित गर्नु अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताएका थिए।

हिजबुल्लाहले आफ्ना वरिष्ठ सैन्य कमाण्डर इब्राहिम अकिल शुक्रबार बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएको स्वीकार गरेको छ। यसअघि इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ अधिकारीहरूसँग उनी पनि मारिएको बताएको थियो।

यस हमलाको सम्बन्धमा लेबनानी अधिकारीहरूले इरान समर्थित समूहको गढ मानिने दहेह क्षेत्रको बाक्लो जनसंख्या भएको क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको बताएको छ।

बेरुतमा शुक्रबार इजरायली हमला जुलाई यताको पहिलो आक्रमण हो। पछिल्लो आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएका थिए।

असोज ४, २०८१ शनिबार १३:०५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।