एनपीएल अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुल्यो, मूल्य एक हजार रुपैयाँ

एनपीएल अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुल्यो, मूल्य एक हजार रुपैयाँ

काठमाडौं : मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)का लागि खेलाडी रजिस्ट्रेसन खुला गरिएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरूलाई नाम दर्ता गर्न आह्वान गरेको हो।

लिगको पहिलो संस्करणको लागि हुने अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरिएको उल्लेख गरिएको छ।

खेलाडीलाई ए, बी र सी गरी ३ श्रेणीमा विभाजन गरिने भएकोले खेलाडीले कुनै पनि श्रेणीमा नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ।

खेलाडी दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। खेलाडीले‌ असोज १२ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ। क्यानका सचिव पारस खड्काले एनपिएलको अक्सन दशैं अघि हुने यसअघि नै बताका थिए।

नेपाली खेलाडी अक्सनबाट छनोट हुँदा विदेशी खेलाडी भने टिमहरूले सिधै अनुबन्धन गर्न पाउने छन्। एनपीएलमा सहभागी आठ टोली र तीनका मार्की खेलाडी छनोट भइसकेका छन्।

असोज ४, २०८१ शनिबार १२:२६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।