उत्तर कोरिया भागेका अमेरिकी सेनाा सिपाही बर्खास्त, एक वर्षको जेल सजाय तोकियो

उत्तर कोरिया भागेका अमेरिकी सेनाा सिपाही बर्खास्त, एक वर्षको जेल सजाय तोकियो
अमेरिकी सैनिक ट्राभिस किंग

एजेन्सी : दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई सेनाबाट निष्कासन गरी एक वर्षको जेल सजाय सुनाइएको छ।

जुलाई २०२३ मा ट्राभिसलाई गैर-कमिशन अधिकारीमाथि आक्रमण गरेको र सेना त्याग्न लागेको आरोप लगाइएको थियो। तर, उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनको वकिललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा १४ मध्ये पाँच आरोपमा उनी दोषी ठहर एक छन्। उनीमाथि लागेका अन्य नौ आरोप भने खारेज गरिएको समाचारमा उल्लेख छ।

ट्राभिस किंग जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भएका थिए। उनलाई युनिट रोटेशन अन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।

असोज ४, २०८१ शनिबार १०:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।