दशैं : अष्टमी र नवमी एकै दिन, टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

दशैं : अष्टमी र नवमी एकै दिन, टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं : यसपाली दशैंमा अष्टमी र नवमी एकै दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दुवै तिथी एकै दिन परेको हो।

समितिले विजया दशमीको दिन टीकाको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ।

त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए।

विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए।

यस वर्षको नवरात्र अर्थात् दशैं असोज १७ गते बिहीबारदेखि शुरू हुँदैछ। त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ।

साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार  पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ।

त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताए। यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दशैं समापन हुनेछ।

असोज ४, २०८१ शनिबार ०७:१६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।