बिरयानीमा कुहिएको मासु भेटिएपछि बन्द गरिएको 'हैदराबादी बिरयानी'ले फेरि सञ्चालनको अनुमति पायो

बिरयानीमा कुहिएको मासु भेटिएपछि बन्द गरिएको 'हैदराबादी बिरयानी'ले फेरि सञ्चालनको अनुमति पायो

बुटवल : बुटवल उपमहानगरपालिकाको अनुगमनकाक्रममा कुहिएको मासु भेटिएपछि बन्द भएको हैदराबादी बिरयानी पसलले पुनः सञ्चालनको अनुमति पाएको छ। 

बुटवल नेपालगन्ज रोडमा रहेको हैदराबादी बिरयानी सेन्टरमा गत भदौ २० मा अनुगमन गर्दा फोहोर र सढेको मासु भेटिएपछि बुटवल उपमहानगरले सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना समेत गरेको थियो। 

उपमहानगरले सञ्चालकलाई कारबाहीसँगै आवश्यक सुधार गरी आगामी दिनमा गल्ती नदोहर्याउने सर्तसहित पुनः सञ्चालनको अनुमति दिएको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन्। 

उपमहानगरको अनुगमन टोलीले शुक्रबार पुनः अनुगमन गर्दा सुधार भएको भन्दै सञ्चालन गर्न भनेको हो।  

‘हामीले कुनै व्यवसायीलाई हतोत्साही बनाउनु हुँदैन भन्नेमा स्पष्ट छौं’, अर्यालले भनिन्, ‘व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय चलाउनुपर्छ।’ 

अनुगमनपछि उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले हैदराबादी बिरयानी सेन्टरको भान्सामा धेरै राम्रो सुधार भएकोले बताए। 

बिरयानी सेन्टरका सञ्चालक जनक खड्काले बुटवल उपमहानगरपालिकाले दिएको निर्देशन अनुसार भान्सामा सुधार गरेर पुनः सञ्चालनमा ल्याएको बताए। 

सम्बन्धित समाचार :

असोज ३, २०८१ शुक्रबार १८:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।