फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन, ५० प्रतिशतसम्म छुट

फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन, ५० प्रतिशतसम्म छुट

काठमाडौं : फुड डेलिभरी कम्पनी फुडमान्डुले विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ।

हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन, यस बडा दशैंमा झनै ठूलो हुने कम्पनीले जनाएको छ।

बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी  रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले ग्राहकको चाडपर्व अझ बढी रमाइलो बनाउन आकर्षक छुट उपलब्ध गराउने लक्ष्य राखेको बताए।

उनले भनिन्, ‘बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ।’

बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ।

असोज ३, २०८१ शुक्रबार १३:१३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।