पछिल्लो २४ घण्टामा देशभर आठ जना मृत भेटिए

पछिल्लो २४ घण्टामा देशभर आठ जना मृत भेटिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर आठ जना मृत भेटिएका छन्।

ललितपुर, कञ्चनपुर, काठमाडौं, दैलेख, नवलपरासी पश्चिम, धनुषा, महोत्तरी र पर्वतमा गरी आठ जना मृत भेटिएको नक्सालस्थित प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ।

ललितपुरको गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँस्थित बुंग्मती कुलोको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

कञ्च्नपुरको बेदकोट नगरपालिका-३ भम्कास्थित सडक छेउमा सोही ठाउँ बस्ने डडेलधुरा आलीताल गाउँपालिका-७ घर भएका ४१ वर्षीय जोगी महरा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको टोखा नगरपालिका-३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ सोही ठाउँस्थित कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

दैलेखको भैरवी गाउँपालिका-४ लिउडा बस्ने ६७ वर्षीय नरेश्वर जैसी सोही गाउँपालिका-४ बालिकाँडामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१४ बिजयनगर टोल बस्ने ५१ वर्षीय देब प्रसाद रिमाल सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

धनुषाको लक्ष्मिनियाँ गाउँपालिका-१ सोहनि टोल बस्ने ७० वर्षीया दलतिया देवी महरा सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

महोत्तरी, जलेश्वर नगरपालिका-९ पर्कौली चोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

र पर्वतको कुश्मा नगरपालिका-६ बान्द्रेवेणी नजिक रहेको कृष्ण मन्दिरको चौरको मञ्चमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाबारे थप तथ्य पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज ४, २०८१ शुक्रबार १३:०१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।