५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

तेह्रथुम : ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका-१ गैँरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङ रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असोज ३, २०८१ शुक्रबार १२:५३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।