बंगलादेशविरुद्धको टेस्टको पहिलो इनिङ्समा भारतले बनायो ३७६ रन बनायो

बंगलादेशविरुद्धको टेस्टको पहिलो इनिङ्समा भारतले बनायो ३७६ रन बनायो

एजेन्सी : चेन्नईमा बंगलादेशविरुद्धको पहिलो टेस्ट म्याचको पहिलो इनिङ्समा भारतले दोस्रो दिन थप ३७ रन जोडेको छ। योसँगै भारतीय टोली ९१.२ ओभरमा ३७६ रनमा अलआउट भयो।

टेस्ट म्याचमा पहिलो दिनको खेल समाप्त हुँदा भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको थियो।

बिहीबार बिहान बंगलादेशले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिए पनि भारतका ओपनिङ ब्याट्सम्यानले खास केही गर्न सकेनन्।

भारतले ३४ रनमा तीन विकेट गुमाएको थियो। ९६ रनको स्कोरमा भारतको चौथो विकेट खसेको थियो। ४२ ओभरसम्म भारतको स्कोर ६ विकेट गुमाएर १४४ रन थियो।

त्यसपछि ब्याटिङमा आएका भारतीय अलराउन्डर रविचन्द्रन आश्विन र रविन्द्र जडेजासँग मिलेर टोलीको कमजोर पारीलाई सम्हालेका थिए।

आश्विनले बंगलादेशविरुद्धको चेन्नई टेस्टमा १०८ बलमा शतक बनाएका छन्। टेष्टमा उनको यो छैटौं शतक हो। अश्विनले दुई दिनमा कुल १३३ बल खेल्दै ११३ रन बनाए।

असोज ३, २०८१ शुक्रबार ११:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।