स्काइवर्थको चाडपर्व अफर ‘सपना सा कार’ शुरू

स्काइवर्थको चाडपर्व अफर ‘सपना सा कार’ शुरू

काठमाडौं : केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ।

अफर अन्तर्गत  ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न र  विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

साथै हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्नेछन्। यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन्।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर जस्ता अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउछ। यो अफर असोज १ गते देखि कार्तिक ३० सम्म लागू हुनेछ।

असोज ३, २०८१ शुक्रबार ११:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।