हेम प्रभासको कविता सङ्ग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

हेम प्रभासको कविता सङ्ग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

काठमाडौं : कवि, उपन्यासकार हेम प्रभासको कविता सङ्ग्रह ‘साँझमा सेल्फी’ राष्ट्रिय नाचघर जमलमा लोकापर्ण गरिएको छ।

बिहीबार कवि एवं मदन पुरस्कार विजेता डा. नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल, कवि हेम प्रभासबाट लोकार्पण गरेका हुन्।

कार्यक्रममा कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी, राजनैतिक विशेषज्ञ शंकर तिवारीद्वारा कविता वाचनका साथै गायक सङ्गीतकार सन्तोष श्रेष्ठले कविता वाचन गरेका थिए।

वरिष्ठ कलाकार सरोज खनालबाट कविता सङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरे।

कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरेको बताए।

कवि डा. नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमलाई कविता कृतिको सफलताको शुभकामना दिए। साथै उलले सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताए।

कवि हेम प्रभासले दुई दशकदेखि कवितामा साधनारत रहेको भन्दै सोही साधनाको प्रतिफल नै ‘साँझमा सेल्फी’ भएको बताए। कविता सङ्ग्रहमा विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह रहेको उनको भनाइ छ।

शिखा बुक्सबाट प्रकाशित पुस्तक मोटो गाता र पातलो गातामा उपलब्ध छ।

असोज ३, २०८१ शुक्रबार १०:२९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।