सात करोडको खुदोसहित नौ करोडको सामान बंगलादेश निर्यात, आयात कति?

सात करोडको खुदोसहित नौ करोडको सामान बंगलादेश निर्यात, आयात कति?

भद्रपुर : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट आठ करोड ९९ लाख २० हजार आठ सय एक रुपैयाँ बराबरको सामान बंगलादेश निर्यात भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बंगलादेशबाट आयात भएको छ।

कार्यालयको तथ्यांकअनुसार नेपालबाट दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँको खुदो बंगलादेश निर्यात भएको छ।

गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत सामन बंगलादेशबाट आयात भएका छन्।

सो अवधिमा सबैभन्दा बढी ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ रुपैयाँ मूल्य बराबरको जुट आयात भएको छ।

असोज ३, २०८१ शुक्रबार ०८:४९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।