जन्मजात दृष्टिविहीनका लागि बन्यो देख्न सक्ने उपकरण, अमेरिकाले दियो अनुमति

जन्मजात दृष्टिविहीनका लागि बन्यो देख्न सक्ने उपकरण, अमेरिकाले दियो अनुमति

एजेन्सी : एलन मस्कको ब्रेन-चिप स्टार्टअप कम्पनी न्यूरालिंकले दृष्टिविहीनहरूका लागि एउटा उपकरण बनाएको छ।

दुवै आँखा गुमाएकाहरूलाई पनि यो उपकरणले हेर्न मद्दत गर्ने कम्पनीको दाबी छ। यसले अमेरिकाको खाद्य र औषधि प्रशासन (एफडीए)बाट समेत स्वीकृति प्राप्त गरेको छ। न्यूरालिङ्कले यस उपकरणको नाम ब्लाइन्डसाइट राखेको छ।

ब्लाइन्डसाइटले दुवै आँखा गुमाएका वा अप्टिक नर्भमा क्षति पुगेकाहरूका लागि उपयोगी हुने बताइएको छ। जन्मदेखि नै दृष्टिविहीनहरूलाई समेत हेर्नका लागि यन्त्रले मद्दत गर्ने दाबी गरिएको छ।

ब्लाइन्डसाइटले सुरुमा कम रिजोल्युसनमा देखिने र पछि विस्तारै सुधार हुने मस्कले बताएका छन्। यति मात्र होइन, उपकरण स्थापना गर्ने व्यक्तिले इन्फ्रारेड र पराबैंगनी तरंगहरू पनि हेर्न सक्नेछन्।

मस्कले पक्षाघात भएका बिरामीहरूको दिमागमा चिप समेत प्रत्यारोपण गर्ने योजना बनाइरहेका छन्। न्यूरालिंकको ब्लाइन्डसाइट डिभाइसलाई ब्रेकथ्रु डिभाइसको रूपमा पहिचान गरेको छ।

जीवनका लागि खतरा उत्पन्न हुने परिस्थितिमा जोगाउने उपकरणलाई अमेरिकामा ब्रेकथ्रु डिभाइसका रूपमा पहिचान गरिन्छ।

यसअघि मस्कले न्यूरालिङ्कले यसै वर्ष आठ जना बिरामीको मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने योजना बनाएको बताएका थिए। यो उपकरणले पक्षाघात भएका बिरामीहरूलाई मद्दत गर्नेछ।

मस्कको स्टार्टअप न्यूरालिंकले शल्यक्रियामार्फत मानव मस्तिष्कमा एउटा चिप प्रत्यारोपण गरेको छ। यो यन्त्र एउटा सानो सिक्काको आकारको हो, जसले मानव मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार गर्नेछ।

यदि मानव परीक्षण सफल भएको अवस्थामा दृष्टिविहीन माानिसहरूले चिप मार्फत हेर्न सक्षम सक्नेछन् भने पक्षघातका बिरामीले हिँडडुल गर्न र कम्प्युटर चलाउन सक्नेछन्। कम्पनीले यो चिपको नाम ‘लिंक’ राखेको छ।

असोज ३, २०८१ शुक्रबार ०८:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।