यज्डी मोटरसाइकलको दसैँ अफर : डेढ लाख रुपैयाँ छुट पाइने

यज्डी मोटरसाइकलको दसैँ अफर : डेढ लाख रुपैयाँ छुट पाइने

काठमाडौं : यज्डी मोटरसाइकलले दसैँतिहार विशेष अफर ल्याएको छ। कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटोइंकले यज्डी रेन्जमा ३ अफरहरू सार्वजनिक गरेको हो।

यसअन्तर्गत यज्डीका बाइक खरिदमा डेढ लाख रुपैयाँ नगद छुट मिल्ने भएको छ। यस्तै, किस्तामा बाइक किन्दा शून्य प्रतिशत ब्याज सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ।

यसबाहेक यी बाइकको सर्भिसिङ पाँच वर्षसम्म नि:शुल्करूपमा गर्ने बताइएको छ।

अन रोड र अफ रोड सबैतिर चलाउन सकिने शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ। 

मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको  छ।

ग्राहकले काठमाडौंको उत्तरढोका र नेपालगञ्जमा रहेका सोरुमबाट बाइक खरिद गर्दा अफर पाउने कम्पनीले जनाएको छ। 

असोज २, २०८१ बिहीबार १९:४६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।